फुलहम प्रिमियर लिगमा बढुवा
खबर एक्सप्रेस
२०७९-०१-०७ ०९:५१ मा प्रकाशित
Total Shares: 173
काठमाडौं - च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै फुलहम प्रिमियर लिगमा बढुवा भएको छ ।
मंगलबार राति जित निकाल्दै फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै बढुवा भएको हो । फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । फाबियो कार्भाल्होले एक गोल गरे ।
जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा छ । प्रिस्टन ५८ अंक जोडेर १५औँ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस