काठमाडौं - नेपालको जनसंख्या तीन करोड नाघेको छ । नेपालको कुल जनसंख्या नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या अनुसार नेपालको कुल जनसंख्या ३ करोड ६३४ भएको जनाइएको छ ।

जन्म मृत्यु र बसाईसराईका आधारमा नेपालको जनसंख्या निर्धारण गर्ने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । 

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारबाट हुँदैछ ।