काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन्।पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।अध्यक्ष ओलीले भने,‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो। त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने अध्यक्ष ओलीको भनाई छ ।सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गरे ।
एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्छौं : अध्यक्ष ओली
खबर एक्सप्रेस
फाल्गुन २१, २०८०
१४२


.gif)

