युनाईटेडलाई हराउँदै लेष्टर सिटी एफए कपकाे सेमिफाइनलमा
काठमाडौं,एजेन्सी - लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएका अन्तिम ८को खेलमा लेष्टरले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको २४औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए तर, त्यसपछि युनाइटेडले आफ्नो लय कायम गर्नै सकेन । ५२औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाए । ७८ औं मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।
यस्तै, अर्को खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । सेमिफाइनलमा अब लेष्टरले साउथह्याम्पटन र चेल्सीले र म्यानचेस्टर सिटीको सामना गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस