काठमाडौं - पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले पत्नी हिसिला यामीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।