श्रद्धा कपुरका भाइ सिद्धान्त ड्रग्स केसमा पक्राउ
काठमाडौं - बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ । मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ ।
बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डिजेको रुपमा बोलाइएको थियो । पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ देखिएको छ ।
यसबारे उनका पिताले आफ्नो बयानमा भनेका छन्, ‘म एउटै कुरा भन्न सक्छु कि यो सम्भव नै छैन ।’ बेंगलुरु सिटी इस्ट डिभिजनका डिसीपी डा. भीमशंकरले सबैजनाले ड्रग्स पार्टीमा नै सेवन गरेका थिए वा होटलबाट खाएर आएका थिए भन्ने स्पष्ट नभएको बताएका छन् । सबै आरोपीलाई उलसुर प्रहरी स्टेशनमा ल्याइएको छ ।
फेसबुक पेज Like गर्नुहोस