बायर्न र डर्टमण्डको सहज जित
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले सहज जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले कोल्नमाथि ५–१ को सहज जित निकालेको हो ।
खेलको १८औँ मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि ४९औं मिनेटमा कोल्नका एलिसले गोल गर्दै खेललाई फर्काउर्ने कोसिस गरे। तर, सम्भव भएन ।
६५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई जिततर्फ अग्रसर बनाए । त्यसपछि खेलको ८२ र ८६ औं मिनेटमा सर्ज जिनाब्रीले २ गोल गरेपछि बायर्न ५०ले विजयी बन्यो ।
जितसँगै शीर्षस्थानमा रहेको बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ । पराजित कोल्न २१ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
यस्तै, अर्काे खेलमा बोरुसिया डर्टमण्डले अर्मिनियामाथि ३-० को सहज जित निकालेको छ । २३ खेलमा ३९ अंक जोडेर डर्टमण्ड लिगको पाँचौ स्थानमा रहेको छ । अर्मिनिया १८ अंक जोडेर रेलिगेसन जोनमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस