प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७७-११-१० ०४:०३ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् । थापा र जबराबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन ।
देशभर आन्दोलन भैरहेको र प्रतिनिसभा विघटनको मुद्दा फैसला आउन केही दिनअघि भएको भेटलाई अर्थ पूर्ण रुपले हेरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस