काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ सय २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। १०९२ जना महिला र १६२८ पुरुष गरी जम्मा २७ सय २० जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

 यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका सहित ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ जना छन्  भने क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन्। मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ। 

नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।