सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी बने रोनाल्डो
खबर एक्सप्रेस
२०७७-११-०१ ०९:५६ मा प्रकाशित
Total Shares: 319
काठमाडौं - पोर्चुगिज फरवार्ड तथा इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी बनेका छन् ।
रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोअर्स पुगेको हो । उनको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोअर्स रहेको छ । यस्तै, फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स रहेको छ भने ट्वीटरमा फलोअर्स ९१ मिलियन रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस