थप ९३६ जनामा कोरोना पुष्टि, नेपालमा सक्रिय संक्रमित ९ हजार
खबर एक्सप्रेस
२०७७-०८-३० ०४:२३ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार। ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३८ हजार ५६९ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस