काठमाडौंमा थप ३ जनामा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०३-०५ ०४:४८ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बिहीबार मात्र काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस