संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने रास्वपाको निर्णय
खबर एक्सप्रेस
२०८१-०९-२१ ०७:१५ मा प्रकाशित
Total Shares: 68
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सक्रिय रूपमा संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तह उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौतीका विषयमा पनि छलफल गरेको बताइएको छ ।
काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा बसेको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिबारे जानकारी गराएका थिए ।
उनीहरूले पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए । दुईदिने बैठक आइतबार पनि बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस