चर्चित अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति ?
काठमाडौं,एजेन्सी - दक्षिण भारतीय फिल्मका स्टार अभिनेता हुन् अल्लु अर्जुन । उनको जन्म सन् १९८३ अप्रिल ८ मा भएको थियो । चेन्नईमा हुर्किएका उनको परिवारका सदस्यहरु पनि फिल्मी लाइनमा थिए ।
उनले आफ्नो स्कुलको पढाइ सेन्ट प्याट्रिक स्कुलटबाट पुरा गरेका थिए । उनले एमएसर कलेजबाट आफ्नो बाँकी अध्ययन पुरा गरेका थिए । उनका भाईहरु अल्लु शिरिष र अल्लु भेनकटेस पनि फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् ।
मार्च ६, २०११ मा उनले स्नेहा रेण्डीसँग हैदरवादमा विवाह गरेका थिए । सन् २०१४ मा अल्लु र स्नेहालाई पुत्रलाभ भएको थियो । सन् २०१६ मा पुत्री लाभ भएको थियो । सन् १९८५ मा उनले बाल कलाकारका रुपमा उनले फिल्ममा पाइला टेकेका थिए ।
उनको आर्या फिल्ममा रहेको भुमिकाले धेरै फ्यानहरुको मन जित्न सफल भयो । यसै फिल्मबाट उनले फिल्म फेयर अवार्ड पनि जित्न सफल भएका थिए । उनी हाल तेलुगु फिल्मको टप स्टार अभिनेता मध्यका एक हुन् ।
उनको ७ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ । उनको हैदरवादमा घर रहेको छ । सन् २०१६ मा उनले ८०० जुबिली नाइट क्लब खोलेका थिए । उनीसँग बिएमडब्लु, मर्सिटिज जस्ता करोडौँ पर्ने कारहरु रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस