शंखमूलस्थित बर्गर हाउस हटाउन मेयर बालेनको निर्देशन
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमूलस्थित बर्गर हाउस हटाउन निर्देशन दिएका छन्। एक व्यावसायिक भवनको पार्किङमा संचालित बर्गर हाउस हटाउन मेयर बालेनले निर्देशन दिएका हुन्।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन्।
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो। ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो।
बुधबार पनि मेयर बालेन सहितको टोलीले सुन्धारा तथा आरबी कम्प्लेक्सका अनाधिकृत संरचना हटाएको थियो। त्यस्तै, रञ्जना गल्ली, दरबारमार्ग, कोटेश्वर लगाउतका ठाउँ पुगेर त्यस्ता संरचना हटाउन निर्देशन दिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस