काठमाडौं उपत्यकामा थप एक हजार ३९८ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३९८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१ , भक्तपुरमा १४७ र ललितपुरमा १६० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस