काठमाडौं जिल्ला अदालतले महानगरलाई बुझायो नक्सा पासको विवरण
खबर एक्सप्रेस
२०७९-०५-०९ ०८:५७ मा प्रकाशित
Total Shares: 202
काठमाडौं - काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।
काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए ।
महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस