काठमाडौं - जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

मंगलबार (आज) बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची र हेको र त्यसक्रममा जवाफ आउने बताए । तर, रास्वपाले त्यसलाई नमानेर अवरोध गरेको हो ।