काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन्। बिहीबार कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका नेपालले जानकारी दिए। यद्यपी, पछिल्लो समय के भइरहेको भन्नेबारे जानकारी नभएको बताए।