जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेकी घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने
खबर एक्सप्रेस
२०७८-०३-०६ ०६:३२ मा प्रकाशित
Total Shares: 253
काठमाडौं - जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटीलाई हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । ५८ वर्षीया महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको समय दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले आफू दलित भएको थाहा पाएपछि ती घरबेटीले कोठा नदिएको भन्दै प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन् । ती घरबेटीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। ‘जाहेरी आएपछि अनुसन्धान गर्नुपर्छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, बस्नेतले भने।
फेसबुक पेज Like गर्नुहोस