मेस्सीको गोलमा बार्सिलोना विजयी
खबर एक्सप्रेस
२०७७-०८-२९ ११:२० मा प्रकाशित
Total Shares: 336
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा कप्तान लिओनल मेस्सीको गोलमा बार्सिलोना विजयी भएको छ ।
आईतबार राति घरेलु मैदानमा बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले निर्णायक गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा उनले गरेको गोल नै बार्सिलोनाको लागि पर्याप्त बन्यो ।
जितसँगै बार्सिलोना ११ खेलमा १७ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । यस्तै, १२ खेलबाट ११ अंक रहेको लेभान्टे पूछारबा तेस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस