मन्त्री शर्माको संरक्षणमा बीमा कम्पनीका सिइओ र अध्यक्षको कमाउ धन्दा
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माको हस्तक्षेपका कारण राष्ट्रिय बीमा कम्पनी अहिले प्राइभेट कम्पनी जस्तो बनेको छ । शर्मा अर्थमन्त्री भएदेखि आफू मात्र विवादित बनेका छैनन् आफ्नो मातहत कार्यालयलाई समेत उत्तिकै विवादित बनाएका छन् ।
त्यसको अर्को उदाहरण हो राष्ट्रिय बीमा कम्पनी बीमा कम्पनीमा मन्त्री शर्माले सिइओ छनोट प्रक्रियालाई रोकी आफ्नो बिश्वास पात्र र चलखेल गर्न सक्ने कमाउन सिपालु मन्त्रालयकै उपसचीव ज्ञानेन्द्र राज ओझालाई छ महिनाको लागि भनेर सिइओ बनाएर पठाए ।
ओझा कम्पनीमा आएदेखि कम्पनी हितमा काम गर्ने विगतमा नभएको अडिटको कामलाई सम्पन्न गराउने भन्दा पनि कसरी पैसा कमाउने भन्नेमा केन्द्रित छन् । सिइओ ओझा त्यतिमा मात्र सीमित छैनन् कम्पनीका कर्मचारी सरुवामा पनि मनलाग्दी गरेको आरोप कर्माचारीहरुले लगाउदै आएका छन् ।
ओझा नेपाल पुनर्बीमा कम्पनी जे बि बोडे बीमा तथा पुनः बीमा ब्रोकर प्रा.लि. र मुम्बई भारत को संयुक्त आयोजना तथा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सहयोगमा नेपालका सम्पूर्ण निर्जिवन बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतहरुलाई हवाइ टिकट खाना बस्न सुविधा सहित माल्दिभ्समा लगेको थियो ।
उक्त कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि सिइओ ओझाले पाँच दिनको डिए नियम विपरित लिएको प्रमाण खबर एक्सप्रेसलाई प्राप्त भएको छ । यस विषयमा सिइओ ओझासंग कुरा गर्दा गल्ती भएको भन्दै फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिइओ ओझा त्यतिमा मात्र सीमित छैनन् । कम्पनीका कर्मचारी सरुवामा पनि मनलाग्दी गरेको आरोप कर्माचारीहरुले लगाउदै आएका छन् ।
राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समितिको अध्यक्षमा पनि मन्त्रालयकै सहसचिव राजेश्वर ज्ञवालीलाई पठाएको छ । उनको भूमिका पनि सिइओ ओझाको भन्दा कम छैन । कसरी कमाउने भन्दा अन्त छैन उनले कम्पनीको वार्षिक उत्सवको अवसरमा सञ्चालकहरुले २५ हजारका दरले भत्ता खाने निर्णय गराए । २५ सय भत्ता खादै आएकोमा एकैपटक २५ हजार बनाउने निर्णय गराउन ज्ञवाली सफल भए, तर नियम विपरित यसरी भत्ता लिने निर्णय के आधारले गर्नुभयो ? भनेर हामीले प्रश्न गरेपछि अध्यक्ष ज्ञवाली भने निर्णय गरेपनि कार्यान्वयन नगर्ने बताए ।
राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समितिको अध्यक्ष राजेश्वर ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र राज ओझालाई अर्थमन्त्री जनार्दन शर्मा र सचीव कृष्ण हरि पुष्करको बलियो साथले मन्त्री र सचीवको सहयोगमा उनीहरुले नियम विपरित काम गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस