बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी
खबर एक्सप्रेस
२०७८-०४-२३ ०८:३३ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।
प्रहरी स्रोतका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।
हाल १९ वटा पानी ट्याङ्कर र ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । आर्मी, सशस्त्र प्रहरी, प्रहरी र स्थानियको टोलीसहितले पनि आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीको कारण र क्षतिको विवरण भने एकिन नभएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस