एजेन्सी - इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार नाघेको छ ।

त्यहाँको स्वास्थ्य अधिकारीका अनुसार बितेको २४ घण्टामा ९९ जनाको संक्रमणबाट मृत्यु भएसँगै कुल संख्या ३२ हजार ७ पुगेको हो । यस्तै, ४ सय ५० जना नयाँ संक्रमित थपिएका छन् ।

इटलीमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा उल्लेखनिय मात्रामा घटिरहेका छन् । हालसम्म इटलीमा कोरोनाबाट २ लाख २५ हजार संक्रमित छन् भने १ लाख २७ हजार उपचारपछि निको भएका छन् ।

इटली कोरोनाबाट विश्वकै सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो ।