काठमाडौं - बेल्जियमको क्लब ब्रगको पोष्टमा ५ गोल गर्दै लण्डन क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा पुगेको छ ।

बिहीवार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को जित निकाल्दै म्यान्यु अन्तिम १६ मा पुग्न सफल भएको हो ।

युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो । क्लब ब्रगको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

ओल्ड ट्राफोर्डमा १० खेलाडीमा समेटिएको क्लब ब्रगमाथि जित निकाल्न फ्रेडले दुई तथा ब्रुनो फर्नान्डेज, ओडिन इघालो र स्कट म्याक टोमिनेले एक–एक गोल गरे ।