काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबर प्रतितोलामा १ हजार ३ सयले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।