प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०७८-१०-०७ ११:२२ मा प्रकाशित
Total Shares: 194
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा देउवाले पहिलोपटक सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस