चुनावी नतिजाले निराश छैनौँ, अर्को पटक देशव्यापी नेतृत्व गछौं: कुलमान घिसिङ
काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो चुनावी असफलताबाट आफूहरूले हार नमानेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनको नतिजालाई अनुभव र सिकाइका रूपमा लिएको बताएका हुन् ।
उनले उक्त निर्वाचन सफलताको यात्रामा पहिलो खुट्किलो भएको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ र देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो पार्टी प्रवेश गर्नेहरूले लहर नै चलिरहेको उल्लेख गर्दै घिसिङले भने- 'हामी उत्साहित छौँ, स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिनेछौँ, आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व गर्नेछ। पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात गर्दिनँ, यो पार्टी सधैँ अगाडि लाग्नेछ।'
घिसिङले जनताबाट प्राप्त विश्वास र माया कायम रहेको दाबी गर्दै त्यसलाई आगामी दिनमा पार्टीको मुख्य शक्तिका रूपमा रूपान्तरण गरिने बताए ।
उनले पार्टी संगठन विस्तारमा जोड दिँदै सदस्यता वितरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
साथै उनले उज्यालो नेपाल पार्टी कसैसँग विलय नहुने र अन्य पार्टीहरूसँग एकता गर्दा पनि आफ्नो पार्टीको अस्तित्व ख्याल गर्ने बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस