स्पेनिस फुटबल महासंघको नेतृत्वमा कासिलासको दावी
काठमाडौं - स्पेनका गोलकिपर ईकर कासिलासले स्पेनिस फुटबल महासंघको नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
फुटबल करियर अझै सक्रिय रहेका कासिलासले स्पेनिस फुटबलको भावि नेतृत्वको लागि दाबी प्रस्तुत गरेका हुन् । ३८ बर्षका पोर्टोका खेलाडी सन् २०१९ को अप्रिलबाट मैदानमा देखिएका छैनन् ।
गत मेमा ह्दयघातबाट बिरामी परेका उनी खेलाडीको रुपमा मैदानमा छैनन् । तर उनी प्रशिक्षकको भूमिकामा क्लबमा सक्रिय छन् । उनले वर्तमान स्पेनिस फुटबल संघका वर्तमान अध्यक्ष लुइस रुबिएल्सबिरुद्व उत्रने तयारी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । 'हो, म स्पेनिस एफएको अध्यक्षका लागि चुनाबका लागि उम्मेदवारी दिनेछु । हामी हाम्रो महासंघलाई विश्वकै सर्वश्रेष्ठ फुटबल स्तरमा राख्नेछौ ।' उनले भनेका छन् ।
उनले स्पेनलाई सन् २०१० मा विश्वकप जिताउनुको साथै सन् २००८ र २०१२ मा युरो कपको च्याम्पियन बनाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस