काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन् । उनले भोलि शपथ लिने तय भएको छ ।

एक जना मन्त्रीका लागि शपथको तयारी गर्न पनि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई सन्देश पठाइसकेको छ ।

अब प्रधानमन्त्रीसँग अझै कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ६ वटा मन्त्रालयको जिम्मा छ । 

कांग्रेसले बाँकी मन्त्रीको नाम भने पछि पठाउने बताइएकाे छ।