च्याम्पियन्स लिग : बेन्जेमा चम्किँदा पिएसजीसँग रियलको बराबरी
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०सँग बराबरीमै रोकिएको छ ।
बुधबार बिहान भएको खेलमा रियलले पिएसजीसँग २-२ को बराबरी खेलेको हो । अन्तिम समयमा सम्हालिन नसक्दा रियलले अंक बाँड्न पुगेको हो ।
घरेलु मैदानमा रियलका लागि करीम बेन्जेमाले नै दुवै गोल गरेका थिए । पिएसजीका लागि किलिएन एमबाप्पे र पाब्लो सराबियाले एकएक गोल गरे ।
खेलको १७ औँ मिनेटमा बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफसम्म रियल १-० ले अघि रह्यो । त्यस्तै, खेलको ७९ औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रतालाई दोब्बर पारे ।
तर त्यसपछि रियल सम्हालिन नसक्दा तीन मिनेटको अन्तरमा दुई गोल खान पुग्यो । एम्बाप्पले ८१ औ मिनेटमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने कोशिश गरे । ८३ औ मिनेटमा पाब्लो साराबियाले पीएसजीका लागि बराबरी गोल गर्न सफल भए ।
यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि प्रवेश गरिसकेको छ ।
५ खेलमा ४ जित र १ बराबरी खेलेको पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ । रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस