बुरुन्डीका राष्ट्रपतिको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-०१ १२:५६ मा प्रकाशित
Total Shares: 252
एजेन्सी - बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाको मृत्यु भएको छ । उनको हृदयाघातबाट निधन भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
उनले सन् २००५ मा मुलुकको राष्ट्रपतिको पद सम्हालेका थिए। उनी पूर्वलडाकु नेता हुन्। गत महीना भएको आम चुनावका विजेता तथा आफ्ना मित्र एभरिस्टे दायिसिमियेलाई सत्ता हस्तान्तरणको तयारीमा रहेकै वेला उनको मृत्यु भएको हो ।
बुरुन्डीको आर्थिक राजधानी मानिने बुजुम्बुरामा जन्मेका उनी सशस्त्र विद्रोहमा लाग्नुअघि विश्वविद्यालयका शिक्षक थिए। १५ वर्षदेखि बुरुन्डीमा एकछत्र शासन चलाएका उनी ५५ वर्षका थिए। थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस