युइएफए च्याम्पियन्स लिग: सिटी सेमिफाइनलमा, डर्टमुन्ड बाहिरियो
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अन्तिम चारको स्थान पक्का गरेको छ ।
गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । डर्टमुन्डको मैदानमा भएको दोस्रो लेगमा सिटीले पूनरागमन जित निकाल्यो ।
खेलको १५औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाएका थिए । उक्त अग्रता कायम रहन सकेन । ५५औं मिनेटमा रियाद महारजेले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई खेलमा फर्काए । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । पहिलो लेगमा सिटीले डर्टमुन्डलाई २-१ गोल अन्तरले नै पराजित गरेको थियो ।
अब सिटीले सेमिफाइलनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ । पीएसजी यसअघि नै साविक विजेता वायर्न म्युनिखलाई पराजित गर्दै सेमिफाइलनलमा पुगिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस