काठमाडौं-सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध हटाउन पहल गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सभामुख घिमिरेले फोन वार्ता गरेर सदन सुचारु गराउन आग्रह गरेका हुन् ।

यसैबीच, सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् ।

सदन अवरोध खोल्ने विषयमा सोमबार पनि सभामुख घिमिरेले प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।