माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन
खबर एक्सप्रेस
२०७७-१२-०३ ०५:४५ मा प्रकाशित
Total Shares: 309
काठमाडौं - नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्डमा चयन गरेको हो ।
साथै बैठकले प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ । बैठकले त्यस्तै, राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए । २३ गते सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस