इन्टर मिलान शीर्ष स्थानमा
खबर एक्सप्रेस
२०७७-१०-२४ ०९:४२ मा प्रकाशित
Total Shares: 463
काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-० ले पराजित गरेको हो ।
खेलको ३१औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै पाहुना टोली इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५२औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै इन्टरलाई २-० को सहज जित दिलाए । फियोरेन्टिनाले पनि केही राम्रो अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो जितसंगै इन्टर २१ खेलमा ४७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको एसी मिलान १ अंकले पछि गरेको छ तर, एसीले एक खेल खेल्न बाँकी छ । पराजित फियोरेन्टिना २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस