काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले भिल्ला रियललाई  २-०ले पराजित गरेको हो । 

खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले सुरुवाती अगता लिएको थियो । ६९औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-०को जित दिलाए । 

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । एट्लेटिकोको २४ खेलबाट ५८ अंक पुगेको छ । २५ खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५३ अंक छ । पराजित भिल्लारियल २५ खेलबाट ३७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।