काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक र केन्द्रीय विभागमा मनोनयनबारे छलफल हुनेछ । साथै, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा पनि छलफल गरिने बताइएको छ ।