ओली सरकारको २ वर्ष– प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०७६-११-०२ ११:०० मा प्रकाशित
Total Shares: 250
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय माग गरेका हुन् । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने जानकारी दिए।
वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस