कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारीका लागि सीसीएमसीको बैठक बस्दै
खबर एक्सप्रेस
२०७८-०४-१५ ११:०० मा प्रकाशित
Total Shares: 249
काठमाडौं - पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना छ ।
अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भए पनि नाम मात्रैको जस्तो देखिएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन भइरहेको छ । जसका कारण निषेधाज्ञा नाम मात्रैको जस्तो देखिएको हो ।
पछिल्ला सदनमा कोरोना संक्रमण दर दैनिकजसो बढिरहेको छ । हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
फेसबुक पेज Like गर्नुहोस