काठमाडौं - अनशनरत डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा.केसीले अनशन तोडेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन थालेका थिए ।

डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए ।

पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री प्रचण्डलाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।

तर मान्छेको हत्या गरेर आएकाहरुको सरकार सत्याग्रहीका माग सुन्न तयार नभएको र उसबाट नैतिकताको अपेक्षा गर्नु व्यर्थ रहेको भन्दै केसीले अनसन आफैं तोडेका हुन् । अनसनको छैटौं दिन उनले एकतर्फीरुपमा तोडे ।