काठमाडौं  - वुटवलको क्रिमसन अस्पतालमा उपचाररत् गुल्मीका कोरोना संक्रमितका मृत्यु नभएको प्रस्ट पारेको छ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै क्रिमसन अस्पतालले गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको बताएको हो।

 कोरोना भाइरसको संक्रमण देखिएका मदाने गाउँपालिका वडा नम्वर–६ का ४१ वर्षीय शिक्षक यतिबेला बुटवलको क्रिमसन अस्पतालमा उपचाररत छन् । तर, सामाजिक सञ्जाल र केहि मिडियाले संक्रमित ती व्यक्तिको मृत्यु भएको भन्दै भ्रम छरेपछि बुटवलको क्रिमसन अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेको छ ।