काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हुएस्कामाथि जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १-० गोलअन्तरको साँघुरो जित निकालेको हो ।

लियोनल मेस्सीको पासमा फ्रेन्क डी जोङले गरेको गोल नै बार्सिलोनाका लागि जितको लागि पर्याप्त बन्यो । डी जोङले खेलको २७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै बार्सिलोना १६ खेलमा २८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । पराजित हुएस्का १२ अंकसहित रेलिगेशन जोनमा छ ।

Imageयस्तै, अर्काे खेलमा अल्भेसमाथि २–१ को जीत निकाल्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । बराबरीतर्फ उन्मुख भएको म्याड्रिडका लागि लुइस सुवारेजले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । जितसँगै एथ्लेटिकोले १५ खेलमा ३८ अंक जोडेको छ । पराजित अल्भेस १८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।