बाबुराम भट्टराई अस्पताल भर्ना हुँदै, न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्ने
खबर एक्सप्रेस
२०७८-०१-१६ ०८:२८ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्।
न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न काठमाडौंस्थित वीर अस्पतालमा भर्ना हुन लागेका हुन् । डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्।
आजै भट्टराई अस्पताल भर्ना हुने र शल्यक्रिया शुक्रबार हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले जानकारी दिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।
चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस