चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले दियो सार्वजनिक बिदा
खबर एक्सप्रेस
२०७६-०६-२४ ११:०० मा प्रकाशित
Total Shares: 1291
काठमाडौं - सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीवारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस