ट्राओरेको गोलमा वल्भ्सको जित
खबर एक्सप्रेस
२०७७-१२-२८ ०९:३५ मा प्रकाशित
Total Shares: 296
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा वल्भ्सले संघर्षपुर्ण जित हात पारेको छ । गएराति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० ले पराजित गरेको हो ।
वल्भ्सको जितमा एडमा ट्राओरेले एकमात्र निर्णायक गोल गरे । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युरी समयमा ट्राओरेले गोल गर्दै वल्भ्सलाई महत्वपुर्ण ३ अंक दिलाए का हुन् ।
जितसँगै ३१ खेलमा ३८ अंक जोडेको वल्भ्स १२ औं स्थानमा रहेको छ । पराजित फुलहम २६ अंक जोडेर १८औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस