धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७८-०१-११ ०१:३६ मा प्रकाशित
Total Shares: 391
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।
धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरें, आइफल टावर चढेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ।’
धरहराबाट काठमाडौंको दृश्य पनि मनमोहन देखिएको उनको भनाई छ । विगतको भन्दा धरहरा अग्लो भएको बताउँदै ओलीले धरहरा नेपालीको भावनासँग जोडिएको बताए ।
फेसबुक पेज Like गर्नुहोस