नवनियुक्त संघीय संसदको महासचिव पाण्डेयले लिए शपथ
काठमाडौं - संघीय संसद सचिवालयका नवनियुक्त महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार (आज) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मंगलबार संघीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस