काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकरदुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

गत बुधवार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र अब डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न एक चिकित्सकले बताए ।

चिकित्सकले बताएअनुसार, ‘प्रधानमन्त्री ओलीको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन् र प्रधानमन्त्री हिँड्डुल गर्न सक्ने र आफैंले खानेकुरा खान सक्ने भइसक्नुभएको छ । त्यसैले, एकरदुई दिनमै डिस्चार्ज गर्न सकिन्छ ।’

ओलीको गत बुधवार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई भने सोमवार नै अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीलाई समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।