काठमाडौं - युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे रास्वपाले समीक्षा गर्ने बताएका छन् ।

पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । सरकार पूरानै कर्मकाण्डी शैलीमा चलेको उनले टिप्पणी गरे।

खेलकुदमन्त्री श्रेष्ठले भने,’अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौं सत्ता अहिले पनि पूरानै शैलीमा कर्मकाण्डी तरिकाले उपलब्धि नहुने गरी चलाएको हामी दुई धारे तरवारको बीचमा चलिरहेका छौं। हाम्रो सभापतिज्यू, स्वणिम दाई सबैले भनिराख्नुभएको छ केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नपर्यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ।’

सरकारमा गइसकेपछि शासकिय वेथिती सामाजिक वेथितीभन्दा पनि डरलाग्दो हो भन्ने कुराको अनुभव गरिरहेको खेलकुदमन्त्री श्रेष्ठले बताए । खेलकुदमन्त्री श्रेष्ठले राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको बताए । सरकारलाई दिएको समर्थनको बारेमा एकचोटी समीक्षा गर्नुपर्ने बेला पनि भएको खेलकुदमन्त्री श्रेष्ठले बताए ।